सुन ताेलामा ४ सयले घट्याे, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडाैँ। गत मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै यता चाँदीको मूल्य पनि बिहिबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्