काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिकाले ६ महिनाभित्र उल्लेख्य काम गरेको छ । मेयर बिद्यासुन्दर शाक्यको अग्रसरतामा यति धेरै काम भएको हो । यसअवधीमा विकाश निर्माणदेखि अन्य कामको गती निकै तीब्र बनेको महानगरपालिकाले जनाएको छ । कामपाले ६ महिनाको अवधिमा गरेको प्रगति विवरण यस्ताे छ ।
१. सबै वडा कार्यालयको आफ्नै भवन बनाउने उद्देश्य अनुरुप यो वर्ष २५ करोड बजेट छुट्याइएको छ । यसमा वडा नं ६ र ७ निर्माणाधीन अवस्थामा छन् भने २६ र १८ को हालै शिलान्यास भएको छ । वडा नं ४, ८, ९ र १४ को कार्यालय भवन खरिद प्रक्रियामा पुगेकोछ ।
२. काठमाडौं महानगरपालिका भित्रका सडकहरुको मर्मत सम्भारको लागि यस आ।व।मा १० करोड विनियोजन गरिएकोमा सो कार्य टेण्डर प्रक्रियामा गइसकेको छ ।
३. रानीपोखरी पुनःनिर्माणको लागि १७ करोड छुट्याइएको छ भने रानीवारी विकासको लागि ३ करोड छुट्याइएको छ ।
४. नारायणगोपाल स्मृतिभवन तथा पार्क निर्माण, बालाजु पार्कको मास्टर प्लान सहरी योजना आयोगबाट भइरहेको छ ।
५. विभिन्न स्थानमा आकासे पुल निर्माणको लागि १२ करोड बजेट छुट्याइएको छ । यसमा दुई वटा आकासे पुलको डिजाइन तयार भई कार्यान्वयनको लागि गइसकेको छ ।
६. ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत सबै वडाहरूमा बत्ती जडान गरिने भएकोछ । यसको लागि सबै वडाबाट ८५०० थान सडक बत्तीको माग भएकोमा ६५० थान जडान भइसकेको छ ।
७. कमलपोखरी मर्मत सुधार तथा नागपोखरी सौन्दर्यकरणको काम तत्कालै शुरु हुने भएकोछ । यसको लागि १ करोड बजेट विनियोजित गरिएकोछ ।
८. खुल्लातारहरूको व्यवस्थापन गरी शहरी सौन्दर्यकरण गरिने भएकोछ । हालविभिन्न वडाहरूमा यो कार्य शुरु भइसकेको छ ।
९. विभागले हाल नक्सापासको जानकारी घरधनीलाई एसएमएसबाट दिन शुरु गरेको छ । हाल विभागले भ्द्यएक् माध्यमबाट नक्सापास गर्ने प्रक्रिया लागू गरेको छ ।
१०. आर्थिक वर्ष २०७३र०७४ मा २५४२ वटा नक्शापास भएको छ भने ९७५ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ । त्यस्तैआव ०७४र०७५ मा २७१८ वटा नक्सापास भएको छ भने ११३२ लाई निर्माण सम्पन्न प्रमाणपत्र दिइएको छ ।
११. काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चीनको सीआरसीसी २५ औं ब्युरोसँग डीपीआरको लागि सम्झौता भएको छ ।
१२. महानगरका विभिन्न स्थानमा ६० वटा स्मार्ट सोलार डस्टबिन जडान गरिएको छ ।
१३. कामपा वडा नं २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जमिनमा पार्किङ बिल्डिङ बनाउन ईओआई सूचना जारी भएकोमा विभिन्न प्रस्ताव प्राप्त भइसकेको छ, त्यसको अध्ययन भइरहेको छ ।
१४. नयाँ सडक र दरवारमार्गमा स्मार्ट पार्किङ राखिने भएको छ ।
१५. कामपाका विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउन मस्यौदा तयार भइसकेको छ ।
१६. आकाशे पुलको स्तरोन्नतिको डिजाइन तयार भइसकेको छ ।
१७. फोहोर मैलाको दीर्घकालीन समाधानको लागि बञ्चरे डाँडामा व्यवस्थापन गर्ने सहमति भएको छ । सिसडोलदेखि बञ्चरेडाँडासम्म पुग्ने १.९ किलोमिटर बाटो र बञ्चरेडाँडामा पूर्वाधार निर्माणको कार्य शहरी विकास मन्त्रालयले गर्ने भएको छ ।
१८. सडकमा रहेका ढलको सरसफाई कार्यलाई अघि बढाएको छ ।
१९. घर बनाउँदा बाहिर राखिएका निर्माण सामग्री घरधनी आफैलाई सफा गराउने काम गरिएको छ ।
२०. सडक सफा गर्न सडक विभागको ब्रुमर प्रयोग गरिएको छ । निकट भविष्यमै इटालीबाट महानगरपालिकाको आफ्नै पाँच वटा ब्रुमर पनि आउने भएको छ ।
२१. टुँडिखेल वरिपरिको जाम हटाउन पिक एण्ड ड्रप प्रणाली लागू गरिएको छ । केही गुनासो आएपनि नतिजा राम्रो देखिएको छ । अब कोटेश्वरको जाम हटाउन पनि स्थलगत अध्ययन शुरु भएको छ ।
२२. धेरै मठ मन्दिर जस्ता सम्पदाहरू रहेका भित्रीनगरका ११ वटा वडामा विशेष व्यवस्था गरी फुटपाथ पसल हटाउने, बाटोमा इँटा छाप्ने जस्ता कामहरू भइरहेको छ ।
२३. श्री अशोक विनायक द्यःछेँ ९देवघर० पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
२४. चालु तथा स्वीकृत भएका ३७ वटा योजनाहरू मध्ये कुनै सम्पन्न भइसकेका छन् भने कुनै जारी रहेको अवस्था छ । यी योजनाहरूमा मन्दिर, पाटी आदिको जीर्णोद्धार, बाटो, चोकमा इँटा छाप्ने, सौर्य बत्ती जडान गर्ने जस्ता कार्यहरू छन् ।
२५. हाल ७३ वटा नयाँ योजनाहरू शुरु गरिएका छन् । तीमध्ये केही सम्पन्न भइसकेका छन् भने अधिकांश चालु अवस्थामा रहेका छन् । नयाँ योजनामा कुमारी घर जीर्णोद्धार, शिवपार्वती मन्दिर जीर्णोद्धार, इन्द्रजात्रा र सेतो मछिन्द्रनाथको रथ तान्ने क्षेत्रमा बाटो मर्मत एवं मठ मन्दिरहरूमा झल्लर राख्ने कार्य, बहाल तथा चोकहरूको सौन्दर्यकरण एवं इँटा छाप्ने कार्य, स्मार्ट ट्वाइलेट र प्रहरी बिट निर्माण आदि कार्यहरू रहेका छन् ।
२६. ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको लागि गठन गरिएको “काष्ठमण्डप पुनर्निर्माण समिति” मार्फत २०७५ कार्तिक २२ गतेदेखि पुनर्निर्माण कार्य आरम्भ गरिएको छ । हाल यसको काठ र भुइँ तल्लामा काम भइरहेको छ । आगामी असार मसान्तसम्म पहिलो तल्ला सम्पन्न गर्ने समितिको योजना छ ।
२७. वडाहरूमा विपद् व्यवस्थापन समितिहरू गठन भएका छन् ।
२८. उपत्यका भित्रका अतिआवश्यक ९इमर्जेन्सी० सम्पर्क नम्बरहरूको पुस्तिका ९डाइरेक्टरी० प्रकाशन गरी वितरण गरिएको छ ।
२९. कामपा क्षेत्रभित्र रहेका खुल्ला क्षेत्रहरूको विवरण प्रत्येक वडा कार्यालयबाट तयार गर्न लगाएको छ ।
३०. विभागका कर्मचारीलाई ‘अर्लि वार्निङ सिस्टम’ को तालिम लिन लगाइएको छ ।
३१. कामपाभित्र रहेका पेट्रोल पम्प र ग्याँस डिपोहरूको अवस्थाबारे सर्वेक्षण कार्य भइरहेको छ ।
३२. आव २०७५र०७६ को श्रावणदेखि पौष मसान्तसम्म संघसंस्थादर्ता नवीकरणका लागि सिफारिस गरिएको संख्या २४९७ रहेको छ ।
३३. अनुगमन गरी नवीकरणको लागि सिफारिस गरिएका बालगृहहरूको संख्या २२ रहेको छ भने बौद्ध भिक्षु बालगृहहरूको संख्या ४ छ ।
३४. त्यस्तै मन्टेश्वरी ५, शिशु स्याहार केन्द्र ३, पूर्व प्राथमिकविद्यालय २ र अल्पकालीन सेवा केन्द्र ६ वटा पनि नवीकरणको लागि सिफारिस गरिएको छ ।
३५. विभिन्न वडा कार्यालयहरूमा सीसीटीभी जडान भइरहेको छ ।
३६. कर्मचारीलाई विषयगत तालिम दिने क्रममा इलेक्ट्रोनिक्स गभर्मेन्ट प्राक्योरमेन्ट सिस्टम, लेखा परीक्षण तथा बेरुजु, आर्थिक प्रशासन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
३७. वडा नं ९, १५, २३, २९ र ३१ मा सर्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा क्रमशःगरिने छ ।
३८. वडा कार्यायलहरू मार्फत सार्वजनिक सम्पत्ति संरक्षणको पहल भइरहेको छ ।
३९. स्नातकतह उत्तीर्ण सिभिल इञ्जिनीयर तथा आर्किटेक्टहरूलाई सहरी विकास सम्बन्धी ६ महिने तालिम दिने ‘करियर क्याम्प’को पहिलो ब्याच समापन गरी दोश्रो व्याच आरम्भ गरिएको छ ।
४०. काठमाडौंको वर्तमान सहरी समस्याहरूको पहिचान गरी त्यसलाई निराकरण गर्ने नौला तथा स्मार्ट प्रविधि सम्बन्धी अवधारणाको प्रतिस्पर्धा गर्न ‘स्मार्ट टेक्नोलोजी कम्पिटिशन’ आयोजना गरिएको छ । यसमा धेरै समूह र व्यक्तिले उत्साहपूर्वक आफ्ना प्रस्तावहरू दर्ता गरेका छन् ।
४१. काठमाडौं विभिन्न स्थानमा बनाउन लागिएका पार्क एवं पोखरीहरू जस्तो कि लगन टोलको शिलखाना, डिल्लीबजारको क्रियापुत्री भवन, महाराजगञ्जको शंखपार्क आदिको डिजाइनको काम भइरहेको छ ।
४२. वडा नं १ स्थित कमलपोखरी पुनर्निर्माण र सौन्दर्यकरण कार्यको लागि टेण्डर प्रक्रियामा गइसकेको छ ।
४३. स्मार्ट शौचालय निर्माणको लागि उपप्रमुखको अध्यक्षतामा अधिकारसम्पन्न कार्यदल गठन गरिएको छ ।
४४. मनोहरा जग्गा एकीकरण अन्तर्गत नदीको दाया बायाँ वाल लगाउने काम भइरहेको छ ।
४५. यो क्षेत्र रहेको ६१ वटा ग्यारेजलाई हट्न निर्देशन दिइसकेको छ ।
४६. शिक्षाविभागले महानगरभित्रका ६४० वटा बोर्डिङ स्कूल र ९१ वटा सरकारी स्कूलको अनुगमन गरिरहेको छ ।
४७. कामपा भित्रको श्रष्टालाई सम्मान गर्ने तयारी गरिरहेको छ ।
४८. शिक्षा सम्बन्धी कार्य गर्ने ट्यूशन सेन्टरलाई समेत दर्ता प्रक्रियामा ल्याउने तयारी भइरहेको छ ।
४९. शिक्षकहरूलाई माघदेखि नै बैंकिंग प्रणाली भित्र ल्याउने प्रक्रिया शुरु भइसकेको छ ।
५०. गएको ६ महिनामा सडक पेटी अतिक्रमण गर्ने ६७२ जना, अव्यस्थित मोटरसाइकल ४७५६ वटा, छाडा चौपाया ९९ वटा, अनधिकृत विज्ञापन ३९ वटा, जथाभावी फोहोर फाल्ने जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।
५१. वडा नं २२, २३, २४ र २५ मा फुटपाथ पसल हटाउन विशेष अभियान सञ्चालन गरिएको छ ।
५२. विभिन्न स्थानमा पसलकवल अगाडि निकालिएका टपहरू काट्ने कार्य गरिएको छ ।
५३. आकाशे पुल र जेब्राक्रसबाट मात्र बाटो काट्न सचेतना अभियान सञ्चालन गरिएको छ ।
५४. सहकारी विभागमा परेका ६० वटा मुद्दाहरूको व्यवस्थापन गरिएको र त्यसमध्ये ३५ वटा मुद्दाहरूको फछ्र्यौट गरिएको छ ।
५५. तारादेवी फाउन्डेशन अक्षयकोषको लागि रु। १० लाख प्रदान गरिएको छ ।
५६. सिद्धिचरण प्रतिष्ठानको लागि रु ५ लाख प्रदान गरिएको छ ।



लाेकपाटी न्यूज

