बुढानिलकण्ठमा देउवा र प्रचण्ड छलफलमा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता चलिरहेको छ। देउवा निवास बूढानीलकण्ठमा १२ बजेदेखि उनीहरूबीच भेटवार्ता चलिरहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ।

उनीहरुबिच नयाँ सरकार गठनका लागि जुटाउनु पर्ने बहुमतलाई लिएर छलफल केन्द्रीत भएको जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन्।

वैशाख ३० गतेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन्। नयाँ सरकार गठनको पहलमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेता छलफलमा जुटेका छन्।

कांग्रेस, माओवादी तथा जसपा मिलेर सरकार बनाउने पहल थालेको बताइए पनि जसपा भित्रको आन्तरिक मतभेदले गठबन्धनलाई समस्या हुने देखिएको छ।