सुनकाे मुल्य बढ्नेक्रम जारी, आज कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौँ। सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ। सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको प्रतितोला मूल्‍य ९१ हजार आठ सय रुपैयाँ छ। हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्