काठमाडौं। नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले चुनावमा जानुको विकल्प नभएको बताएका छन्।
लोकपाटी अनलाइनसँग कुराकानी गर्दै सांसद सुवालले राजनीतिक अन्योलता हटाउन ताजा जनादेशमा जानुपर्ने बताएका हुन्। अहिलेको राजनीतिक अन्योलता हटाउन ताजा जनादेशमा जानुपर्ने उनले बताए।
‘नयाँ सरकार बन्ने सम्भावना छैन, हामी त चुनाव हुनुपर्छ भन्ने धारणा राख्दै आएका छौं। अब चुनाव हुनु पर्छ सबै टेष्टेट पार्टी हुन्, नयाँ सरकार बन्दैन,बने पनि केही गर्दैन,’ सुवालले भने।
ताजा जानदेश वा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो भएको सांसद सुवालको भनाई छ। उनले भने, ‘नयाँ गठबन्धन गरेर सरकार नै बन्दैन भने समर्थन कता भन्ने सवाल नै आएन। हिजो संसद विघटन हुँदा पनि अहिले पनि हामी चुनावको पक्षमा छौं।’



लोकपाटी न्यूज

