ह्वीप उल्लंघन गर्ने यी हुन् एमालेका २८ सांसद (नामसहित)

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका २८ जना सांसदले २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका छन्। एमालेको खनाल-नेपाल पक्षका २८ सांसद आज प्रतिनिधि सभामा अनुपस्थित भएका हुन्।

प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव गरेपछि आज मतदान भएको थियो। एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेपाल पक्षका २८ सांसद मात्रै अनुपस्थित भएको बताए। एमालेकै सांसदहरू अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएका छन्।

संसदीय दलको ह्वीपविपरीत माधव नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन्।

अनुपस्थित हुने सांसदहरू:

झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, दिपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी, मुकुन्द न्यौपाने