काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नदिए फेरि संसद विघटन हुने बताएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरे। संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने दावी गरे।
ओलीले भने, ‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ। यसको बीचमा फरक हुन्छ। त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन।’
‘ढिलोमा डेढ वर्षमा चुनाव हुनु नै छ। के संसदले त्यसो गर्दा लोकतन्त्रको हत्या हुन्छ ? यसभन्दा अघि पनि थुप्रै पटक भएका छन् ।’



लोकपाटी न्यूज

