काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफूले विश्वासको मत प्राप्त नगर्ने स्वीकार गरेका छन्। संसद्मा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले कहिलेकाहीँ सदनको गणित फेरबदल पर्ने बताएका हुन्।
‘मलाई लाग्दैन सदनमा मैले विश्वास प्राप्त गर्दिनँ। कुरा सुन्दा हो कि हो कि लाग्यो। कहिलेकाहीँ यस्तो हुन्छ, देशको आवश्यकता एकातिर सदनको गणित एकातिर,’ उनले भने। उनले विश्वासको मत दिए यो सरकार र सदन पाँचै वर्ष चल्ने पनि जानकारी दिए। ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरे।
‘मैले पाँचै वर्ष चलाउने हो भने मत दिनु मिलेर काम गरौं,’ ओलीले भने, ‘भीरबाट हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ? संसद् पुरै पाँचै वर्ष चल्नको लागि विश्वासको मत दिऔं, स्थिरताको लागि मत दिऔं।’ उनले विभेदको अन्त्य गर्न आफू नेतृत्वको सरकारले काम जारी रहेको बताएका छन्।
लोकतन्त्रको चिन्ता हुनेले भोट दिनुपर्ने तर्क पनि अघि सारे। ओलीले भने, ‘लोकतान्त्रिक प्रणालीको चिन्ता गर्नुभयो। एक जनाले। १०/१५ वर्षअगाडि लडाइँकै मैदानमा हुनुहुन्थ्यो। आज तरकदारी गर्दा मलाई खुसी लागेको छ।’



लोकपाटी न्यूज

