काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपालहरुले नयाँ पार्टी बनाए आफू नेपालको साथमा रहने बताएका छन्। सोमबार नेता गौतमले आफनो धारणा सार्वजनिक गर्दै नेपाल समूहले संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पार्टी विभाजन गरे पनि आफू नेपाल समूहको साथमा रहने बताएका हुन्।
एमालेमै रहेर माधव-झलनाथ लगायतका नेताहरुले समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता कार्य गरे त्यसमा आफ्नो सहमति नरहने नेता गौतमले जनाएका छन्।
‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु। तर अहिलेकै समानान्तर गतिविधिमा भने असहमति छ।
‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन। त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।



लोकपाटी न्यूज

