आउनुहोस्, सँगै बसेर छलफल गरौं : प्रधानमन्त्री ओली

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन्।आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीले बताएका छन्। उनले हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न पनि भनेका छन् ।

सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

संसद बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ। सो बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

संसदमा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो। नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनुपस्थित हुने भएको जनाएको छ।

Capture 1