सुनकाे मूल्य बढ्ने क्रम जारी, ताेलाकाे कति पुग्याे ?

लोकपाटी न्यूज

काठमाडौं। छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ। सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ।यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो।

देशका प्रमुख शहरहरूमा निषेधाज्ञाका कारण सुन चाँदीको कारोबार भने ठप्प प्राय रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्