काठमाडौं, १४ माघ । साहित्यकार भुवनहरि सिग्देलको संस्मरणात्मक कृति ‘अद्भुत तिवारी’ सार्वजनिक गरिएको छ । राजधानीमा एक काय्र्रक्रमबीच लेखक सिग्देलका दुई नातिनीहरूले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएलगत्तै कवि रेशम विरहीले पुस्तकका विषयमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार नारायण ढकाल, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र लेखक सिग्देलबीच अन्तरक्रिया गरे ।
प्राध्यापक सुवेदीले सिग्देलले अरुको संस्मरणमा आफ्नो व्यक्तिगत कथालाई मिश्रण गरेर राम्रो पुस्तक तयार पारेकोमा बधाई दिए । उनले पुस्तकलाई गैरआख्यानात्मक औपन्यासिक कृति रहेको बताए ।
साहित्यकार ढकालले सिग्देलले काँठको साहित्यमा राम्रो छलाङ मारेको बताए । उनले आफु पूर्वी उपत्यकाको काँठ र सिग्देल पश्चिम काँठमा रहेको बताउँदै संस्करण कुनै उपन्यासभन्दा कमी नभएको दाबी गरे।
निबन्धकार तथा पत्रकार सापकोटाले पुस्तकको रचना गर्भदेखि नै आफु परिचित रहेको बताए । लेखक सिग्देलले आफुले देखेका र व्यहोरेका पात्रहरूसँगको सम्बन्धबाट संस्मरणात्मक कृति तयार पारेको बताए ।



लाेकपाटी न्यूज

