काठमाण्डाै। नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरूको छलफल सिंहदरबारमा चलिरहेको छ। आइतवार (आज) दिउँसो १२ बजेदेखि चलिरहेको बैठकले खास निर्णय गर्न सकेको छैन।
आज प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कमजोरी स्वीकार्नुको साटो धम्कीपूर्ण अपिल निकालेकाले साेमवार (भोलि) संसद् बैठक बस्नुअघि राजीनामा दिने विषयमा अहिले छलफल भइरहेको नेता मेटमणि चौधरीले जानकारी दिए। माधव नेपालले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरे पनि ओलीले सच्चिनेबारेमा कुनै कुरै गर्न नचाहेको सङ्केत मिलेको चौधरीको भनाइ छ।
ओलीले अपिल निकाल्दै सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला ? भनेर ओलीले प्रश्न गरेका छन्।



लोकपाटी न्यूज

