ओलीलाई विश्वासको मत नदिने जसपाको निर्णय

Jasapa
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। तर जसपाले विश्वासको मतको प्रक्रियामा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने भएको छ।

आज बसेको दलको पदाधिकारी बैठकले मतदानका लागि ह्विप जारी नगर्ने निर्णय गरेको हो। अध्यक्ष उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय सर्वसम्मत भयो। तर, उसको विरुद्धमा हाल्ने वा भोट नै नहाल्ने चाहिँ सांसदको इच्छा हो।’ दलको पदाधिकारी बैठकले मतदानका लागि ह्विप जारी नगर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको संसद् बैठकमा विश्वासको मत लिँदैछन्। त्यो बैठकमा जसपाले ह्वीप नलगाउने निर्णय गरेको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गर्दै तटस्थ बस्ने बताएका थिए।

पार्टी एकता जोगाउनुपर्ने भएकाले विश्वासको मत दिन नसकिने उनीहरूको भनाइ थियो। जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत हाल्ने पक्ष छ। दलको पदाधिकारी बैठक डा. बाबुराम भट्टराईको निवास टोखामा बसेको थियो।