पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि उनले राजीनामा दिएका हुन्।
गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो।तर, त्यसअघि नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका छन्। उनको राजीनामा प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन्। आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो।
गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो। यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए।




लोकपाटी न्यूज

