काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्दै छ। आज दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा शीर्ष ६ नेताको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको ब्रिफिङ र आगामी रणनीति तय गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसकिने जवाफ ठाकुर र महतोले दिएका छन्। यस्तै, देउवाले ओलीलाई विश्वासको मत नदिन र त्यसपछि बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। देउवालाई पनि ओलीलाई विश्वासको मत नदिने जवाफ दिएका थिए।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैँछन्। संसद्मा एमालेका १२१ सांसद छन्। विश्वासको मत पाउन १३६ मत चाहिन्छ। जसपामा हाल ३२ जना सांसद रहेका छन्।



लोकपाटी न्यूज

