काठकाडाैँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्। शरीरमा अक्सिजनको लेभल घटेपछि उनी अस्पतालमा भर्ना भएका हुन्। मदनकृष्ण श्रेष्ठ वैशाख ६ गते कोरोना संक्रमित भएका थिए। होम आइसोलेसनमा बसिरहेका बेला छातीमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी हस्पिटलमा भर्ना गरिएकाे थियो । हस्पिटलमा ८ दिनको बसाइमा उनको शरीरमा सुधार आएपछि उनी पुनः घरमा फर्किएका थिए।
घरमा आएको १/२ दिनमै अक्सिजनको लेभल कमी भएर पुनः अस्पताल पठाएको छोरा यमन श्रेष्ठले बताएका छन्। यमनका अनुसार उनलाई वैशाख १९ गते पनि ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएकाे थियाे।



लोकपाटी न्यूज

