तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने सरकारकाे चेतावनी

लोकपाटी न्यूज

काठमाडौं। सरकारले कोरोना उपचारको शुल्क तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।

‘कोभिड १९ संक्रमणको महामारीमा केही निजी अस्पतालहरुले सरकारले तोकेको शुल्क भन्दा बढी लिएको गुनासो प्राप्त भएका छन्,यस किसिमले अनावश्यक शुल्क लिनेलगायत गैह्रकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्न/नगराउनु हुन सचेत गराइन्छ,गरेको पाइए कडा कारबाही गरिने छ,’विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्