ओलीलाई झाँक्रीले भनिन् : ‘हामीलाई डुबाए तिमीलाई पनि डुबाउँछौं’

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु डुबेर भएपनि पार्टी अध्यक्ष ओलीलाई नछाड्ने बताएकी छन्। बुधबार ट्वीट गर्दै झाँक्रीले आफूहरु डुबेर भए पनि ओलीलाई नछाड्ने उद्घोष गरेकी हुन्। नेतृ झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गरेकी छन्।

नेपाल समूहमा रहेकी नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै लेखेकी छन्, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गर्दा माधव नेपाल समूहले फ्लोर क्रस, ह्वीप उल्लंघनदेखि भोटिङ अगाडि नै सामूहिक राजीनामाको तयारी गरेको खबरहरु आइरहेका बेला नेतृ झाँक्रीले यस्तो ट्वीट गरेकी हुन्।

Capture