संसद बैठकअघि बोल्ड डिसिजन लिने नेपाल समूहको तयारी

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। वैशाख २७ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे नेपाल समूह अहिले रणनीति बनाउन जुटेको छ। प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेसँगै नेपाल समूहका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नेपाल पक्षले यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको छ। नेपालनिकट स्रोतका अनुसार सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ। तर, यसबारेमा टुंगो लागिसकेको छैन। नेपाल समूहले २७ गतेअघि गम्भीर निष्कर्ष निस्कन सक्ने बताएको छ।

एक सांसदका अनुसार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने वा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउनेबारे छलफललाई तीव्रता दिइरहेका छन्।ती सांसदले नेपाल समूह पार्टीमा रहने/नरहने तय गर्ने मोडमा पुगेको समेत जानकारी दिए।