एमालेबाट राजीनामा दिएका लुम्बिनी प्रदेश सांसद पाण्डेय कांग्रेसमा प्रवेश

लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेश सरकार गठनको विवादबीच नेकपा एमालेबाट राजीनामा दिएका प्रदेश सांसद दीर्गनारायण पाण्डेय कांग्रेसमा प्रवेश गरेका छन्। सोमबार बुटवलमा पत्रकार सम्मेलनमा उनी पार्टी प्रवेश गरेको जानकारी दिइएको हो। पाण्डेयलाई राष्ट्रिय सभाको उम्मेद्वारका रूपमा उठाउने निर्णयसमेत भएको जनाइएको छ।

नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले यस्तो निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले जानकारी दिए। माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदै छ। कांग्रेसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए।

कपिलवस्तुको निर्वाचन क्षेत्र २ ‘क’ बाट उनले चुनाव जितेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्