काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र प्रवेश गरेकी विमलाकुमारी खत्रीलाई पार्टी दलको सदस्यता प्रदान गर्न लुम्बिनी संसदीय दलका नेता कुलप्रसाद केसीलाई निर्देशन दिएका छन्। खत्री दाङ क्षेत्र नं ३ (ख)बाट नेकपाको उम्मेदवार भई निर्वाचित भएकी थिइन्।
प्रदेश सभा सदस्य खत्रीले दिएको निवेदन सदर गर्दै प्रचण्डले केसीलाई संसदीय दलको सदस्यता प्रदान गरी काम कारबाहीमा सम्लग्न गराउन निर्देशन दिएका हुन्।
प्रचण्डले सदर गरेको पत्र

बिमला खत्री नेकपाबाट उम्मेदवार भएर उपनिर्वाचन जितेकाले पार्टी विभाजन भएको अवस्थामा रोज्न पाउने कानूनी व्यवस्था रहेको छ। त्यही अनुरुप उनले नेकपा माओवादी केन्द्र रोजेकी हुन्। खत्रीले प्रेस वक्तव्य जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको जानकारी दिएकी छन्।
खत्रीले जारी गरेको प्रेस वक्तव्य




लोकपाटी न्यूज

