काठमाडौं। साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १६.७१ अंकले बढेको छ। यससँगै नेप्से २६२७.८२ अंकमा पुगेको छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थीर रहेको छ।
यस समयमा ३९ कम्पनीका ९ हजार ३३२ कित्ता शेयर ६१ लख ९७ हजार ३० रुपैयाँमा खरीद बिक्री भएका छन्।



लोकपाटी न्यूज
