श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि

लोकपाटी न्यूज

काठमाडौं। श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ। १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको हो। यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे।

श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए। उनका अनुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको दैनिक ५ सय १७ रुपैयाँ पाईरहेकोमा अबदेखि ५ सय ७७ रुपैयाँ पाउने छन्।

त्यस्तै, हाल प्रतिघण्टा ६९ रुपैयाँमा काम गरिरहेकाले न्यूनतम ७७ रुपैयाँ पाउनेछन् । यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्ष २०७८/८९ देखि मात्र लागु हुने सरकारले जनाएको छ। पारिश्रमिक निर्धारण श्रमिक र रोजगारदाताका प्रतिनिधिहरूबीच हुनुपर्ने भए पनि लामो समयदेखि सहमति नभएपछि सरकारले हस्तक्षेप गर्नुपरेको प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्