काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आन्तरिक संघर्ष जारी राख्ने भएको छ। बुधवार बसेका स्थायी कमिटी बैठकले केपी ओलीजीको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको हो।
कोरोना भाइरसको महामारी बढेका कारण केही गतिविधि स्थगित गर्नु परे पनि आन्तरिक संघर्षलाई जारी राख्ने निष्कर्ष निकालिएको उपाध्यक्ष भीम रावलले बताए। उनले पार्टी विधान विपरीत चलाएका गतिविधिविरुद्ध सुरु गरिएको अभियान जारी राख्ने भन्ने निष्कर्ष निकालिएको बताए।
‘केपी ओलीजीले स्वेच्छाचारी ढंगले विधान विपरीत चलाएका गतिविधिविरुद्ध सुरु गरिएको अभियान जारी राख्ने भन्ने निष्कर्ष निकालिएको छ,’ रावलले भने, ‘केपी ओली नसच्चिएसम्म हाम्रो अभियान जारी रहन्छ।’



लोकपाटी न्यूज

