काठमाडौं। केन्द्रीय सदस्यहरूलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए। बैठक बस्नुअघि केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयको कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो।
आज आएको परीक्षण रिपोर्टमा केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। यस्तो अवस्थामा केन्द्रीय कार्यसमितिको बैठक बस्नु उपयुक्त नभएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको उनले बताए।



लोकपाटी न्यूज

