ठूला मीडियामा कालो धन छ : मूख्यमन्त्री पोखरेल

Shankar-Pokhrel
लाेकपाटी न्यूज

अर्घाखाची । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रातारात कमाउनेहरु सुरक्षित हुन मिडियामा लगानी गर्ने प्रवृत्ति रहेको आरोप लगाएका छन् ।

कालोधन लुकाउन मिडियामा लगानी गर्ने गरेको पनि मूख्यमन्त्री पोखरेलको दावी छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नम्वर ५ को आयोजनामा आज सुरु भएको प्रदेशस्तरीय सञ्चार सम्मेलनको उद्घाटनको क्रममा मूख्यमन्त्री पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

मिडियामा लगानी गर्ने र निष्पक्षताबाहिर रहेर आलोचना गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न पत्रकार महासङ्घले बहस चलाउनुपर्ने पनि उनको भनाइ छ । मूख्यमन्त्री पोखरेलले दिवंगत पत्रकार कृष्णसेन इच्छुकको नाममा अर्घाखाँचीको जलुकेमा सङ्ग्रहालय बनाउन सकिने पनि बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रदेश सांसद इन्द्रजित थारु, महासचिव रमेश विष्ट लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्