काठमाडौं। पत्रकार तथा लेखक विजयकुमार पाण्डेले मनमोहन स्मृति दिवसका अवसरमा स्व. अधिकारीको सादगी जीवनको स्मरण गरेका छन्। सोमबार मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको अवसरमा पत्रकार पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् अधिकारीको मुहारमा निष्ठाको उज्यालोबाट प्रज्वलित शालिनता किशुनजीको जस्तै आफूले पाएको स्मरण गरे।
सानो, कुचुक्क कोठामा प्रभात स्टोवमा दम हानेर बनाएको चिया मनमोहन अधिकारीले आफूलाई दिएको उल्लेख गरेका छन्। उनले अधिकारीको स्मृति दिवसका अवसरमा आफनो पहिलो किताब ’खुसी’ बाट साभार गरेका बताएका छन्।
पत्रकार पाण्डेले लेखेका छन्;
सानो , कुचुक्क कोठामा प्रभात स्टोवमा दम हानेर बनाएको चिया मनमोहनजीले मलाई दिए। पंचायतले दिएको यातना र जीवनका अनेक दुखका बाबजुद मनमोहन अधिकारीको मुहारमा निष्ठाको उज्यालोबाट प्रज्वलित शालिनता थियो। किशुनजी जस्तै। मैले भेटेका नेतामध्ये उनी एकमात्र थिए, जसकाअगाडी ठुलो स्वरमा बोल्ने साहस कहिलै गरिन.. उनको सादगी , सरलता र निष्ठाका अगाडी मेरो अंहकारले शिर उठाउने साहस कहिलै गरेन …



लोकपाटी न्यूज

