ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दैछ। प्रधानमन्त्री ओलीले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका हुन्।

दुई दिनअघि मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो। दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ। यस अघि बैशाख १० गते महाधिवेशन आयोजक कमिटीको बैठक बसेर पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको थियो।

बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टिकरण सोधेका थिए। पछिल्लो पटक प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटघाट भएको थियो। वार्ता फलदायी हुन सकेको छैन।