काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हाबी भएको आरोप लगाएका छन्। अध्यक्ष थापाले सामाजिक सञ्जालमा लोकतन्त्र दिवसबारे आफ्नो धारणा राख्दै दलहरूले राजसंस्थालाई धोका दिएकोसमेत आरोप लगाएका छन्।
उनले दलहरूले धोका दिएर राजसंस्थालाई पाखा लगाएको आरोप पनि लगाए। सम्झौताअनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे पनि दलहरूले राजसंस्थालाई नै पाखा लगाएको उनको तर्क छ। थापाले अहिले लोकतन्त्रको नाममा सर्वसत्तावाद हाबी भएको बताए।
‘२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे,’ थापाले भनेका छन्, ‘तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए। अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हाबी भएको छ।’




लोकपाटी न्यूज

