वालुवा पेलेर तेल निस्किँदैन, केपी ओली सुध्रिँदैनन् : माधव नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओली एकताको पक्षमा नभएको बताएका छन्। जनकपुरमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले भने, ‘ओली एकताको पक्षमा हुनुहुन्न। उहाँ माने मान् नमाने बाटो खुला छ जा भन्ने अवस्थामा हुनुहुन्छ।’

ओलीसँगको छलफलको पहिलो दिनको कुराकानीमा थोरै आशा देखिएको भए पनि हिजोको वार्तामा ओलीले आफ्नो शैली देखाएका नेता नेपालले बताए। “माधव नेपालले समय मागेर रोइरहेको थियो भनेर ओलीले प्रचार गर्न सक्छन्, छलफलका लागि बोलाएका छन् जाउँ कि नजाउँ भनेर साथीहरुसँग छलल गरेँ, ‘नेता नेपालले भने, ‘साथीहरुले जानू भनेपछि म गएको हुँ। तर बालुवा पेलेर तेल निस्कनेवाला छैन। केपी ओली सुध्रनेवाला छैनन्।’

नेता नेपालले वालुवा पेलेर तेल नस्किने भन्दै केपी ओली पनि नसुध्रिने बताए। जेठ २ मा फर्किउँ भनेर मैले भनेको थिएँ। उहाँले त बैठकमा किन आउनुभएन ? भनेर पो भन्नुभयो । मैले किन नबोलाएको भनेर सोधेको उहाँले खबर गर्न खोजेको तपाईंहरुको मोबाइल बिग्रेको थियो कि क्याहो फोन लागेन भन्नुभयो ।’