बादलपछि माओवादी केन्द्रले हटायाे अर्का राष्ट्रियसभा सदस्य

लोकपाटी न्यूज

नेकपा माओवादी केन्द्रले अर्का एकजना राष्ट्रियसभा सदस्य पनि हटाएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई सांसद पदबाट हटाएको हो।

अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ। राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएको जानकारी दिए। खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए