काठमाडौँ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी विस्तार गरेका छन्। बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई हटाएर ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन्।
स्थायी कमिटीमा ओलीसहित वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल लगायत १९ जना सदस्य छन्। बिहीबार मात्रै ओली र गौतमबीच बालुवाटारमा भेटवार्ता भएको थियो । तर डिनर छाडेर हिडेका वामदेव स्थायी कमिटी सदस्यमा समेटिएका हुन्।
यस्तै विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा सदस्य रहेका छन्।
थप सदस्य पछि थप्ने गरी स्थायी कमिटी घोषणा गरिएको ओली समूहका नेताहरुले बताएका छन्। गत फागुन २८ गते बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी खारेज गरेको थियो ।



लोकपाटी न्यूज

