काठमाडाैँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग परामर्श लिएर अध्यक्ष केपी ओलीलाई भेटेका छन्। ओलीलाई ‘भेट्न जाउँ कि नजाउँ’ भनेर प्रचण्डसँग सल्लाह गरेका नेपालले भेटेर फर्किएपछि पनि ओलीसँगको भेटबारे प्रचण्डसँग ब्रिफिङ गरेको स्रोतले जनाएको छ।
बिहीबार पनि नेपाल र ओलीबीच वान टु वान वार्ता हुँदैछ। आजको भेटअघि पनि नेपाल र प्रचण्डबीच कुराकानी भएको बताइएको छ। बुधबार राति भएको छलफलमा पनि दुवै नेताले अडान दोहोर्याएका थिए। नेपालले २०७५ जेठ २ मा फर्किए सबै समस्या समाधान हुने बताएका थिए। तर प्रधानमन्त्री ओलीले भने धेरै अघि बढिसकेको भन्दै पछाडि फर्किन नसक्ने जवाफ दिएका थिए।



लोकपाटी न्यूज

