नेपाल पक्षका २७ सांसदले बुझाए स्पष्टीकरण (पत्रसहित)

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षका २७ सांसदले पार्टीमा स्पष्टीकरण बुझाएका छन्। पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जावाफ बिहीबार सांसदहरुले संसदीय दलमा बुझाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

एमाले संसदीय दलका नेता समेत रहेका ओलीले सोमबार ‘तपाइँहरूलाई सांसद पदबाट किन कारबाही नगर्ने ?’ भनेर नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए। सांसदहरुले बिहीबार सोही स्पष्टीकरणको जवाफ दिएका हुन्।

चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने र कडा कारबाही गर्ने चेतावनी ओलीले दिएका छन्। बुधबारदेखि नै स्पष्टीकरण आउन शुरु गरेको एमाले प्रमुख सचेतक भट्टराईले बताए। ‘उहाँहरूको स्पष्टीकरण आउने क्रम जारी छ, बुझ्दैछौं। सामूहिक भन्दा पनि व्यक्तिगत रूपमा बुझाइरहनुभएको छ,’ भट्टराईले भने।

प्रदेशका चार संसादले पनि जवाफ बुझाउँदै छन्। नेता नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफल गरेर तयार पारेको जवाफ बुझाएका हुन्। ओलीले सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका थिए।

ओली र नेपालबिच बुधबार वार्ता भएको थियो, तर सहमति बनेको थिएन। दुई नेताबिच बिहीबार दिउँसो २ बजेपछि काठमाडौंको मेरियोट होटलमा वार्ता हुने तयारी छ।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/04/Uml_letter_sansad.pdf”]