बल्खुमा बन्ने भयो एमालेको नयाँ पार्टी कार्यालय

uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यालय भवनको शिलान्यास गरेका हुन्।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेका स्थानमा बन्ने नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ। कार्यालय १३ रोपनी क्षेत्रमा फैलिने छ। २०७२ को भूकम्पमा बल्खुको कार्यालय क्षतिग्रस्त भएपछि एमालेले पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान भवनमा सारेको थियो।

२०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो। पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सञ्चालन हुँदै आएको थियो। नयाँ भवन शिलान्यास भएकै दिन बिहीबार एमालेको नयाँ पार्टी कार्यालय थापाथलीस्थित भाडाको घरमा सर्दैछ। बल्खु भवन तयार नभएसम्म थापाथलीबाट पार्टीको काम हुने एमालेले जनाएको छ।