मास्क नलगाई गाडी चढ्न नपाईने, चालक सहचालकले पनि माक्स बेच्न पाउने

लोकपाटी न्यूज

काठमाण्डाै। सरकारले मास्क नलगाउनेलाई गाडी चढ्न नदिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ।

यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन्। यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन्। उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्