कञ्चनपुरको लालझाडीमा पाँच दर्जन कार्यकर्ता माओवादीमा प्रवेश, बिना मगरद्वारा स्वागत

Kanchanpur party intry-1
लोकपाटी न्यूज

काठमाडौं, ६ वैशाख । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६० जना कार्यकर्ता एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेका छन्। सोमबार लालझाडी गाउँपालिकाको बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी ६० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नवआगन्तुक नेता कार्यकर्तालाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य बिना मगरले र प्रदेश सांसद तथा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इञ्चार्ज देवीलाल चौधरीले पार्टी प्रवेश गराएका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता शारदा रानाको नेतृत्वको टोली प्रवेश गरेको हो।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसबाट शारदा राना, घुम्मा राना, हसन्ती बडायक, बालकुमारी राना, रामदुलारी राना, फूलमति राना, रामवती राना, वसन्ती राना, अनिला राना, पार्वती राना, सोमवती राना, रामवेटी राना, फूला राना, रानी राना, सपना राना, सबिता राना, इन्द्रा राना, शंकरिया राना, छलिया राना, सुधामा राना, सोमबती राना, पूजा राना, भिक्खो राना, छगो राना, बिर्छो राना, समुन्दर राना, छत्तर राना, भुल्ले राना, फिरिया राना, घुम्मा राना (ख), सोमबती राना (ख), राधे राना, पानमती राना, छब्ली राना, शान्ति राना, जानकी राना, सीता राना, क्षेत्रमति राना, सीता राना (ख), रामसिंह राना, हेसराम राना लगायत रहेका छन्।

त्यसैगरि नेकपा (एमाले) बाट छोटी राना, सोनु राना, इञ्जर राना, सुब्बन राना, लालबहादुर राना, राजपाबाट कलावती राना लगायत रहेका छन्। माओवादी केन्द्रको बिस्तारित बैठकका सन्दर्भमा आयोजित कार्यक्रममा गाउँपालिकामा प्रभाव राख्ने स्थानीय नेताहरु माओवादीमा प्रवेश गरेका हुन्।

Kanchanpur party intry-2

कार्यक्रमलाई पूर्वमन्त्री मगर र जिल्ला इञ्चार्ज चौधरीका साथै लालझाडी गाउँपालिकाका सहइञ्चार्ज भक्त राना र अध्यक्ष मद बडायकले समेत सम्वोधन गरेका थिए।

पार्टी प्रवेश गराउँदै कञ्चनपुर क्षेत्र नं.-१ का सांसदसमेत रहेका पूर्वमन्त्री मगरले लोकतन्त्र, संविधान र समाजवादको पक्षमा उभिएर पार्टी प्रवेश गर्नेहरुलाई न्यायोचित जिम्मेवारी दिइने बताइन्। ‘‘तपाईहरुले संविधान र लोकतन्त्रको पक्षमा जुन प्रतिवद्धता देखाउनुभएको छ। यसको हाम्रो पार्टी उच्च सम्मान गर्दछ’’ पूर्वमन्त्री मगरले भनिन्, ‘‘तपाईहरुलाई माओवादी केन्द्रमा न्यायोचित जिम्मेवारी दिइनेछ।’’

पूर्वमन्त्री मगरले नेपालको कम्युनिस्ट आन्दोलन सफलताको चुचुरोमा पुगेर पनि प्रधानमन्त्री ओलीको गैरकम्युनिस्ट चिन्तन, प्रवृत्ति र कार्यशैलीका कारण धक्का खाएको बताइन्। उनले भनिन्, ‘‘नेपालको कम्युनिस्ट आन्दोलन सफलताको चुचुरोमा पुग्दै थियो। समाजवादको राम्रो आधार तयार हुँदै थियो। तर, नेकपाभित्रको एउटा शक्तिमा गैरकम्युनिस्ट चिन्तन, प्रवृत्ति र कार्यशैली देखा पर्‍यो। त्यसकारण कम्युनिस्ट आन्दोलनमा धक्का लागेको छ।’’

मन्त्री मगरले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने आफूहरुको प्रयास जारी नै रहेको बताइन्। ‘‘केही शक्ति र व्यक्तिहरु कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागे पनि माओवादी केन्द्र निरन्तर बलियो कम्युनिस्ट केन्द्र बनाउने प्रयत्नमा छ। ढिलोचाँडो फेरि कम्युनिस्टहरुको ध्रुवीकरण हुने परिस्थिति बन्छ।’’

Kanchanpur party intry-3