काठमाडौं। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्नेगरि स्थगित भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए।
सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ। सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ।



लोकपाटी न्यूज

