लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

lumbini pradesh
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिने मन्त्रीहरुमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन्।

माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन्। अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ।

lumbini_TSllzIjxJW