माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए।

सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। ‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ।’