माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज : सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन्। माओवादी केन्द्रले सम्भवतः सोमबारको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन्।