ओलीकाे निर्णय विरुद्ध नेपाल समूह पुग्याे निर्वाचन आयाेग (निवेदनको पूर्णपाठसहित)

Nepal_Khanal
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आफूलाई आधिकारिताको माग गर्दै निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराएको छ। सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ । यो समूहका नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डेले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन आयोगमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ र चैत ७ गते केन्द्रीय कमिटीका सबै निर्णय अवैधानिक भएको निष्कर्ष निकाल्दै त्यो फिर्ताका लागि आग्रह गरिएको छ। यो राजनीतिक दल सम्बनधी ऐन अनुसार नाम, दलको छाप, विधान, झण्डा वा चिन्ह र दलको निर्णयको आधिकारिता सम्बन्धी विवाद भएमा आयोगले निरुपण गर्नुपर्ने हुन्छ।

पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए। सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ। सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा खनाल-नेपाल पक्ष असन्तुष्ट छ।

नेपाल–खनाल खेमाले आयोगमा बुझाएको निवेदन यस्तो छः

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/04/Nibedan-to-Election-commission-1.pdf”]