डा.भट्टराईले खोले सर्वदलीय बैठकमा नजानुको रहस्य

Baburam-Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा नजानुको कारण बताएका छन्। भट्टराईले शनिबारको सर्बदलीय बेठकलाई कथित बैठकको संज्ञा समेत दिएका छन्। भट्टराईले बैठकमा आफूलाई नबोलाइएको पनि जानकारी गराएका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन। जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो–ःऋऋबैठक बहिष्कार पो भएछ!’

brb