‘राम्रो कलाकार बन्न साहित्यकार बन्नैपर्छ’ : मदनकृष्ण श्रेष्ठ

Madan Krishna Shrestha (1)
लाेकपाटी न्यूज

काठमाडौँ, माघ । गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नवउद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमका बीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेका हुन् । वि.सं. २०५१ सालमा स्थापना भएको साहित्यिक परिषद्को स्थापना नै मनभित्रै रहेका आफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोडने प्रयासको रुपमा लिइएको परिषदले जनाएको छ ।

पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै कलाकार श्रेष्ठले भने, ‘तपाईहरुले साहित्यिक क्षेत्रमा एउटा नयाँ पाइला सुरु गर्नुभएको छ । साहित्यिक पत्रिका केही अंक निकाल्न सजिलै छ । तर, पछि त्यति सजिलो छैन । टिक्न गाह्रो छ । साहित्यिक सेवा भनेको सामाजिक सेवा पनि हो । मानिसको बौद्धिकता पाठकहरुमा बाँड्ने काम पनि हो । यो एक किसिमको बौद्धिक–सामाजिक सेवा हो ।’

उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्ने पनि धारणा राखे । श्रेष्ठले भने, ‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ ।’ पत्रिकालाई कसरी किन्नयोग्य बनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए । आफु कलाकार बन्नुपूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए । उनले भने, ‘कुनै पनि साहित्यिक पत्रिका प्रकाशन गर्नुपूर्व आफ्ना पाठकहरुको चाहनालाई बुझेर र बजारको मागअनुसार प्रकाशन गर्नुपर्छ ।’

सम्पादक घायलले आफूहरुले आगामी दिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरु बाहिर ल्याउने प्रतिबद्धता जनाए । कार्यक्रममा पत्रकार तथा निर्देशक सानुकाजी थापा, संस्थाका आजीवन सदस्यद्वय गोविन्दबहादुर सिंह ठकुरी र विजय कार्कीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विजय बजिमय, राजु धिताल, कृष्ण प्रधान, प्रतिष्ठानका अध्यक्ष रामकाजी प्रधान, लव गाउँले, रामप्रसाद पन्त, विजयध्वज थापा, ध्रुवराज खतिवडा, प्रकाश गफाडी, लव खड्का लगायतले आफ्ना साहित्यिक आ–आफ्ना रचनाहरु वाचन गरेका थिए । पत्रिकाका सम्पादक देवेन्द्र अर्याल ‘आँशु’ले आजको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्