कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : कुन-कुन विषयमा हुँदैछ छलफल ?

लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेको लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कर्णाली प्रदेशबाट नेकपा (माओवादी केन्द्र)सँग सत्ता सहकार्यका लागि अगाडि बढेको कांग्रेसको यो केन्द्रीय कमिटी बैठकबाट अरु प्रदेश सरकारको बारेमा पनि छलफल हुन सक्ने बताइएको छ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धभमा छलफल हुनेछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पनि बताइएको छ।