काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय कामकारबाहीमा सभामुख अग्नि सापकोटाले भाँजो हालेको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखकै कारण संसद बन्दक बनेकोे आरोप लगाएका हुन्।
सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत ओलीले दावी गरे। बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए।



लोकपाटी न्यूज

