काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी रहेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल,प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी भएनन्। जसपा अध्यक्ष यादवले भने, “नबोलाएको बैठकमा जाने कुरा नै हुँदैन, सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी छैन ।” जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर भने सर्वदलीय बैठकमा सहभागी हुँदैछन् । कोरोनाको रोकथाम र संसदलाई प्रभावकारी बनाउने विषयमा सर्वदलीय बैठक बस्दैछ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छैनन्। त्यस्तै, जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्। तर जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण बैठकमा सहभागी भएका छन्।



लोकपाटी न्यूज

