काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ। बैठक शनिबार बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो।
कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
बैठकमा कोभिड–१९ को संक्रमण र प्रतिनिधि सभाको चालु अधिवेशनका बारेमा छलफल हुने भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक भट्टराईले कोभिड–१९ संक्रमणका बारेमा छलफल केन्द्रित हुने बताए। सरकारका बारेमा छलफल गर्ने एजेण्डा नभएको उनले बताए।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने थापाले बताए। पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ।



लोकपाटी न्यूज

