काठमाडौं। नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ। बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँ बढेको हो।
यो सँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज
